अनिलले एटीएम मेसिन फुटाउँदै थिए अनि जे भयो


काठमाडौं– सिन्धुपाल्चोकका अनिल तामाङ अहिले प्रहरी कस्टडीमा छन्।

काठमाडौं महानगरपालिका–३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउने क्रममा १९ बर्षिय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका तामाङले एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया