लोकसेवाबाट उपसचिवको लिखित नतिजा प्रकाशित


काठमाडौं । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले आइतवार २०७६ पुसमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो ।

प्रतिक्रिया