कमेडी च्याम्पियनमा क्यारिकेचर गरेका भरतमणिसँग पारसको भेट


काठमाडौं – कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्। मंगलबार बिहान पौडेलले पूर्वयुवराज शाहसँग भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

केही दिनअघि भेटघाट भएपनि पौडेलले आजमात्र फोटो सार्वजनिक गरेको बताए। उनले पूर्वयुवराज शाह निकै रमाइलो रहेको भन्दै भेटघाटपछि झन ठूलो प्रसंशक भएको बताएका छन्।

‘एकदमै खुसी छु। केही दिनअघि पुर्वयुवराज पारस शाहसँग भेटघाट गर्ने अवसर मिल्यो। उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौं। लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो,’ पौडेलले फेसबुकमा लेखेका छन्।

‘उहाँको शुभचिन्तक थिएँ, भेटघाटपछि झन ठूलो प्रसंशक भए। साँच्चै नै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाई धेरै धेरै धन्यवाद,’ पौडेलले भने।

अनि आफ्नै स्टाइलमा उत्साह दिँदै पारसले ‘फन्नी फन्नी किप इन टच’ भनेको कुरा पौडेलले स्मरण गरे। ‘मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर’ पौडेलले अनलाइनन्युजसँको कुराकानीमा भने।

भरतमणि पौडेल पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए। जसलाई धेरैले मन पराएका थिए।

प्रतिक्रिया