मोरङ प्रहरीले समात्यो भन्सार छलीका अवैध सामान


मोरङ– भारतीय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका लत्ता कपडा, भान्छाका सामान मोरङ प्रहरीले समातेको छ।

विराटनगर–१६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको हो।

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु  बरामद गरेको थियो ।

बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया