बुटवलमा गोली चल्यो, एक घाइते, २ पक्राउ, १ फरार


बुटवल बुटवलको मिलनचोकस्थित कलश होटलमा गोली चलेको छ । खाग तस्करमा संलग्न व्यक्ति बसेको सूचनाका आधारमा होटलमा छापा मार्न गएको प्रहरीलाई गोली प्रहार गर्न खोज्ने एक जनालाई गोली लागेको छ ।

चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा आफैंलाई गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया