
तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु
काठमाडौं – तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
छथर गाउँपालिका-३, ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसमा झगडा र कुटपिट भएको थियो ।
कुटपिटबाट टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएका गोविन्दबहादुरलाई उपचारका लागि छथर अस्पताल पुर्याइएको थियो । तर उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बनेकी श्रीमतीको भने उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
