

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण तय भएको छ ।
जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको प्रधानमन्त्रीका रुपमा यो पहिलो विदेश भ्रमण हुनेछ ।

