क्रिकेटर विनोद भण्डारीले गरे विवाह


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह बन्धनमा बाँधिएका छन्। गत ६ असोजमा ‘इन्गेजमेन्ट’ गरेका उनीहरुले विजयादशमीको अवसर पारेर विवाह गरेका हुन्।

विनोद र सोनिका चार वर्षदेखि प्रेम सम्बन्धमा थिए। उक्त प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। उनीहरुले तनहुँको आँबूखैरेनीमा विवाह गरेका हुन्।

दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन्। महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।

विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए।

उनले १६ मार्च २०१४ मा हङकङविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। विनोदले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्ध शतकसहित ३१९ रन बनाइसकेका छन्। उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्ध शतकसहित २२५ रन बनाइसकेका छन्।

खेल पत्रकार सोनिका हाल ग्यालेक्सी टेलिभिजनमा आबद्ध छिन्।

प्रतिक्रिया