

दिप्ताको सांगीतिक यो जिन्दगानी

काठमाडौँ । बेलायतमा बस्दै आएकी गायिका दिप्ता थापाको स्वरमा रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्जिता देउजाको शब्द र शिखर सन्तोषको संगीत छ ।
दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

