
फेरि भेला भए कांग्रेसका तीन ‘छोरापुस्ता’, निधि निवासमा सिंह र कोइरालाबीच छलफल
काठमाडौं – महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका तीन नेताबीच पुनः भेटवार्ता भएको छ । कांग्रेस नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका विमलेन्द्र निधिको निवासमा सोमबार कांग्रेसका तीन नेताहरुबीच भेटवार्ता भएको हो ।
महाधिवेशनलाई लक्षित गर्दै निधिले गणेशमान पुत्र प्रकाशमान सिंह र बीपी कोइरालापुत्र शशांक कोइरालासँग आगामी महाधिवेशनको पूर्वतयारी स्वरुप छलफल गरेको जनाइएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा तीन नेताबीच छलफल भएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।
यसअघि पनि यी तीन नेताबीच आ–आफ्नो निवासमा पटक-पटक भेटवार्ता भइरहेको छ ।



कागजपत्र |
