
सिंहदरबारमा सर्वदलीय बैठक जारी
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायत विषयमा छलफल जारी रहेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेत्री पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेता सहभागी छन् ।



कागजपत्र |
