एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन बाहिरी कार्यक्रममा सहभागी नहुने
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको निजी सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।
अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केही दिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केही दिन घरमै आराम गर्नेछन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।