

विधान महाधिवेशनः एमालेको पोलिटव्युरो खारेज, सचिवालय थपियो

काठमाडौं– नेकपा एमालेले तीन तहको कमिटी चलाउने भएको छ। यसअघिको संरचनामा रहेको पोलिटव्युरो कमिटी खारेज गरी सचिवालय थपिएको छ।
‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहनेछ’, संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान महाधिवेशनमा आइतबार जवाफ दिँदै भने,‘पोलिटव्युरो रहँदा निक्कै भद्दा हुने र चलाउन मुस्किल भएपछि यस्तो निर्णय लिइएको हो।’
समूहगत रिपोर्टिङपछिको जवाफ दिने क्रममा पौडेलले यस्तो जानकारी दिएका हुन्।

