

बलात्कार र हत्या अभियुक्त राजेन्द्र जेलबाट भागेको ७ घन्टामा पक्राउ, तीन प्रहरी निलम्बित

काठमाडौं– प्रहरीलाई झुक्याएर गएराती १२ बजे फरार भएका बलात्कार र हत्या अभियुक्त राजेन्द्र बोहरा ७ घन्टापछि शुक्रबार बिहान पक्राउ गरिएका छन्।
बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा उनलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो। सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार फरार अभियुक्त पक्राउ गरिएको छ भने सुरक्षामा लापरवाही गर्ने तीन जना प्रहरीलाई निलम्बित गरिएको छ।
राजेन्द्रले बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरेका थिए । १६ वर्ष भएका कारण उनलाई जिल्ला कारागारमा बझाङबाट बाल सुधार गृह डोटी राखिएको थियो ।
उनलाई कोराना पुष्टि भएपछि बालसुधार गृहकै अस्पतालको आइसोलेनमा राखेको बेला भागेका थिए । बोहराले ७ असोजमा सम्झनाको बलात्कार पछि हत्या गरेका थिए । त्यसअघि मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो ।

