प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा


काठमाडौं – प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत खटिएको टोलीले छापा मारेको हो।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो। केही वर्षदेखि कार्यालयले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी सञ्चालनमा ल्याइएको कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ सञ्चालनअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिएको थियो।

उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको अख्तियार स्रोतले जनाएको छ।

प्रतिक्रिया