पछिल्लो २४ घण्टामा १२८२ जनामा कोरोना पुष्टी, ७ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १२८२ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालमा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४८८ जनाको कोरोना परिक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार २६२ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ३ पुगेको छ ।

अहिलेको अवस्थामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया