जीप, कार भ्यान आयातमा प्रतिवन्ध लगाएपछि नाडा अटो एक्सपो स्थगित


काठमाडौं – सरकारले कार, जीप र भ्यानको आयातमा प्रतिवन्ध लगाएका कारण आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भनिएको नाडा अटो एक्सपो स्थगित गरिएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गतेदेखि खोल्ने भनिएकोमा अहिले आएर समयावधि थप गरी भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुपछि अटोमोबाइल्सको क्षेत्रमा लगानी गर्नेहरु मर्कामा परेका छन् ।

सरकारले एक सय ५० सीसीभन्दा माथिका दुई पाँगे्र सवारी साधनको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आइतबार बसेको बैठकले वाध्य भएर एक्स्पो स्थगित गर्नु परेको जनाएको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको आइतबार बसेको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

प्रतिक्रिया