नेपाल प्रहरीका यी ११ जनालाई प्रधान कार्यालयकाे सात दिने अल्टीमेटम


काठमाडौं – प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कविहीन भएका ११ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले गैर हाजिर भएकाहरुको नामावली आज (आइतबार) सार्वजनिक गर्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो । कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।

आफूखुसी गैर हाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया