छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


काठमाडौं – सिरहा, गोलबजार नगरपालिका-३ गागनपुलस्थित सडकमा ना.६ ख १३१ नम्बरको ट्रकले बा.४ ख ६३१२ नम्बरको हाईस र स.७ प ९१८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी कन्चनपुर नगरपालिका-७ बस्ने ३५ वर्षीय अविषेक कटुवालको गोल्डेन अस्पताल विराटनगर र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय अच्युत लुईटेलको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलान्चोक, धुलिखेल नगरपालिका-४ बाँसघारीस्थित सडकमा बा.४ ख ६२२० नम्बरको टिपरले प्र.३-०२-००७ प ४०८८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका-११ बस्ने ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-५ एनसिसि चोकस्थित सडकमा लु.२ त  ४७८४ न्बरको ट्याक्टरले भे.९ प ५६७८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय सन्तोष अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, परवानीपुर गाउँपालिका-३ स्थित सडकमा ना.६ ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री कलैया उपमहानगरपालिका-१ शान्ति टोल बस्ने ५० वर्षीय अनिल सुवेदीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरंगजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछाप, सुनापती गाउँपालिका-४ पानीघाटको सिरानमा काठमाडौंबाट हिलेदेवि रामेछापतर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१०२४ च.१४४० नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा गाडीमा सवार सुनापती गाउँपालिका-३ हिलेदेवी बस्ने ४६ वर्षीया शारदा खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोट, लिखु गाउँपालिका-५ डुडेस्थित सडकमा ना.८ ख ५७९१ नम्बरको टिपरले प्रदेश ३ ०२-०११ प ४३१६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार लिखु गाउँपालिका-५ डुडे बस्ने २८ वर्षीय रामकुमार गजुरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

म्याग्दी, बेनी नगरपालिका-५ पुलाचौरस्थित सडकमा ग.१ ज ६६६२ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया गौमती बिकको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बेनी अस्पताल हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया