ताप्लेजुङमा भेटियो किशोरीको शव, हत्याको आशंका


काठमाडौँ – ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७मा एक किशोरीको शव फेला परेको छ। किशोरीको हत्या भएको आफन्तले आरोप लगाएका छन्।

फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन्। आफन्तले घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको गुनासो समेत गरेका छन्।

जंगल छेउमा शंकास्पद अवस्थामा शव भेटिएपछि आफन्तहरुले हत्या भएको आरोप लगाएका हुन्। शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्तले जनाएका छन्।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया