ईपीएल क्रिकेटः आज चितवन र विराटनगर, भैरहवा र पोखरा भिड्दै


काठमाडौं – शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र चितवनबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । विराटनगर करण केसीको कप्तानीमा हुनेछ भने चितवनको कप्तानी सोमपाल कामीले गर्दैछन् ।

यस्तै दोस्रो खेलमा भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ भने चितवन विनोद भण्डारीको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा काठमाडौं किङ्सले ललितपुर प्याट्रियाकलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया