युरोपियन युनियन फिल्म फेस्टिभलः हरित चलचित्र कर्मको मास्टरक्लास


काठमाडौं – युरोपियन युनियन नेपालले फिल्म निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर भन्ने तथ्यलाई हरित चलचित्र कर्म अर्थात ग्रीन फिल्म मेकिङबारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ ।

कार्यक्रम भाेली (असोज ८ गते) दिउसो २ बजे आयोजना गरिने छ । मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०२१ अन्तर्गतको एउटा कार्यक्रमको रुपमा आयोजना गरिन लागेको हो।

यसमा हरित फिल्म मूल्यांकन प्रणाली निर्देशिका बमोजिम फिल्म निर्माणस्थललाई कसरी बढी दिगो बनाउन सक्छन् भन्ने बारेमा निर्माता तथा निर्माणमा संलग्नहरूले व्यवहारिक रूपमा के काम गर्न सक्छन् भन्नेबारे सहभागीहरूले जान्ने मौका पाउनेछन् ।

प्रतिक्रिया