

एकीकृत समाजवादीमा पदाधिकारीको टुंगो लाग्यो, ज्वाला उपमहासचिव र झाँक्री सचिव

काठमाडौं – राजधानीमा जारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको छ।
तीनदिनदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो।
बैठकले एक महासचिव, चार उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको नाम तय गरेको जनाइएको छ । उक्त नामावली आजै सम्पन्न हुन लागेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका भने उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई चयन भएका छन्।
त्यस्तै उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै सचिवका लागि जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चयन भएको बैठकमा सहभागी एक नेताले भने ।
नामावली टुंगो लागिसकेको यस अवस्थामा जारी केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

