

बुद्ध एयरको माउन्टेन फ्लाइटः एक टिकट किन्दा अर्को निःशुल्क, कति छ शुल्क

काठमाडौं – बुद्ध एयरले हरेक शनिबार माउन्टेन्ट फ्लाइट शुरु गरेको छ । बुद्ध एयरले माउन्टेन्ट फ्लाइटमा एक जनाको टिकटमा अर्कोलाई निःशुल्क (फ्रि) दिने भएको छ । फ्रिको टिकट झ्याल विनाको सिटमा बस्नु पर्नेछ ।
कोभिड महामारी अघि हरेक हप्ता माउन्टेन्ट फ्लाइट गर्दै आएको बुद्ध एयरले पुनः उडान शुरु गरेको हो । बुद्धले १० हजारमा दुई जनाले अवलोकन गर्न पाउने उल्लेख गरेको छ । एयरलाइन्सका अनुसार माउन्टेन्ट फ्लाइटबाट २० वटासम्म हिमाल देख्न सकिन्छ । त्रिभुवन विमानस्थलबाट करिब १ घण्टाको उडान गरी अवतरण गर्छ ।

