
गाई काटेको अभियोगमा बकैयाबाट १० जना पक्राउ
मकवानपुर – मकवानपुरको बकैयाबाट गाई काटेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बकैया गाउँपालिका वडा नम्बर–११ बाट गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गाई काटी मासु भाग लगाइरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फुलमाया थिङ, वर्ष १८ को सन्देश विक, वर्ष ४० को सोमबहादुर तमाङ, बर्ष १९ को सोमबार ब्लोन, बकैया–११ बस्ने वर्ष ३९ को जनकबहादुर ल्हो, वर्ष ४३ को राजकुमार घलान, बर्ष ४० को रविन्द्र ल्हो र वर्ष ३३ को पम्पराज ल्हो रहेका छन् ।
पक्राउ परेकाहरु उपर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



कागजपत्र |
