

शकुन्तला नायक एसीया अवार्डका लागि छनौट

काठमाडौं– महिन्द्रा एन्ड महिन्द्रा अटोमोबाइल्स नेपालकी ग्राहक सेवा प्रबर्धक शकुन्तला नायक भारतमा हुने एसीया अवार्डका लागि छनौट भएकी छन्।
व्यावसायीक क्षेत्रमा काम गरेका विश्वभरीका व्यक्तिहरू मध्येबाट अवार्डका लागि छनौट गरिँदै आएको छ। यसमा नायक पर्न सफल भएकी हुन्। जनकपुर घर भएकी नायक व्यावसायीक बाहेक विविध क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
सामाजिक अभियन्ता समेत रहेकी नायक बायोटेक्नोलोजीकी विद्यार्थी पनि हुन्।। भारतको चेन्नईमा फेब्रुअरी २०२१ मा हुन गइरहेको अवार्डमा २० देशका व्यक्तित्व छनौट भएका छन्।

