

नेपालको उत्कृष्ट खेलसँगै ओमानविरुद्ध शानदार जित

काठमाडौं – नेपालले ओमानविरुद्धको खेलमा ७ विकेटको शानदार जित हात पारेको छ ।
नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनले टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ओमानलाई १ सय २१ रनमा सीमित राखेका थिए । त्यसपछि १ सय २२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेपालले उक्त लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए भने ओपनर आशिफ शेखले ४० रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट भएपछि कप्तान मल्लले आशिफसँग उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए ।
४० रन बनाउँदै आशिफ आउट भएपछि मैदान प्रवेश गरेका रोहित पौडेल पनि २ रन आवश्यक परेको बेला ६ रन बनाएर आउट भएपछि शरद भेषवाकर मैदान प्रवेश गरेका थिए । उनी १ रन बनाउँदै अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानलाई करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १२१ रनमा समेटेका थिए । दुवैले ४/४ विकेट लिएका थिए ।
त्यस्तै नेपालका शरद भेषवाकरले २ विकेट हात पारेका थिए ।
ओमानका लागि जासिन मक्सुदले ४१ रन बनाएका थिए भने जतिन्दर सिंहले १३ रन मात्र बनाउन सफल रहे ।
जतिन्दरलाइ करण केसीले आउट गरेपछि नेपालले खेल आफ्नो पक्षमा पार्ने संकेत सुरूमै देखिएको थियो । सिंहले अघिल्लो खेलमा विस्फोटक ब्याटिङ गर्दै नेपालविरूद्ध उत्कृष्ट पारी खेलेका थिए ।
यसअघिको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

