
सुटिङस्थलमै ढलेका हास्य कलाकार केसीकाे मृत्यु
काठमाडौं । हाँस्य कलाकार रमेश केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।
हर्के हवल्दारको टिमले बनाउन लागेको एक भिडियोको छायांकनका क्रममा मोटरसाइकलमा सुटिङस्थल पुगेका केसी बेहोस भएपछि अस्पताल लगिएको थियो । तर गंगालाल हृदयरोग केन्द्रमा पु¥याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको जनाइएको छ ।
केसीले आफू मदिरापान नगरे पनि जड्याहा पात्रको अभिनय गरेर उनले दर्शकहरुको मन जित्दै आईरहेका थिए।
मनहरि भण्डारीको गुम्सिएको ईन्साफ लगायतका नाटकबाट अभिनय गर्दै उनले लामो समय सांस्कृतिक संस्थानको कलाकारका रुपमा विभिन्न नाटकमा अभिनय गरेका थिए। उनले कयौं टेलिचलचित्रमा मुख्य पात्रका रुपमा अभिनय गरेका थिए।
उनको शव २ बजेसम्म आर्यघाटमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पनि जनाइएको छ । त्यसपछि आजै अन्तेष्टी गरिने जनाइएको छ ।



कागजपत्र |
