छोरीको घरबाट फर्कँदै गरेकी महिला इन्द्रावतीमा मृतावस्थामा फेला


सिन्धुपाल्चोक – इन्द्रावती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनी २८ भदौ बिहान छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपालिका -७ स्थित छोरीको घरमा गएका थिए । २९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तरले खोजतलासका ला लागि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा पानीमा डुवेको अवस्थामा शव फेला पारेको थियो ।

उनको शव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए  ।

प्रतिक्रिया