

एएफसी एसियन कपः पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप—२०२२ छनोटको फिलिपिन्सविरुद्धको खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको थियो ।
नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

