कमेडी च्याम्पियनको फाइनल आज, भरतमणि, विक्की र सन्तोषबीच कडा प्रतिस्पर्धा


काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को विजेता आज घोषित हुँदैछ । आज साँझ नियमित समय र सेटमै ग्रान्ड फिनाले सुरु हुने जनाइएको छ । साँझ ९ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

‘९ बजेदखि कार्यक्रम सुरु हुनेछ । राति १० बजेबाट ग्रान्ड फिनाले सुरु हुनेछ,’ निर्देशक विशाल भण्डारीले भने, ‘राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।’

फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् ।

च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकका रुपमा रहेका छन् । तर शर्मा भने आमा बनेकीले पछिल्लो भागमा निर्णायकको रुपमा कार्यक्रममा उपस्थित भएकी थिइनन् ।

प्रस्तुतिका साथै दर्शकको भोटलाई आधार बनाएर घोषणा गर्न लागिएको च्याम्पियनका विजेताले एउटा कार पाउने छन् भने उपविजेता र तेस्रो हुनेले क्रमशः मोटरसाइकल र स्कुटर पाउने जनाइएको छ ।

प्रतिक्रिया