सार्वजनिक यातायातमा गहना र सामान लुटपाट गर्ने तीनजना पक्राउ


काठमाडौं – सार्वजनिक यातायातमा गहना तथा समान चोरी र लुटपाट गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–४ मुसहरीटोल बस्ने ३ वर्षीया पिंकी धामीन लगायत ३ जना रहेका छन्।

अन्य २ जना १६ वर्षमूनी रहेकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

चितवन प्रहरीले सार्वजनिक यातायातमा गहना तथा समान चोरी र लुटपाट गर्ने धामीनसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए।

उनीहरुले समूह नै बनाई सार्वजानिक स्थान तथा सवारी साधनमा भिडभाडको फाइदा उठाई विशेषतः महिलाहरुलाई लक्षित गरी शरीरमा लगाएको, खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरगहना चोर्दै आएको खुलेको छ।

सोमबार सार्वजनिक बसमा यात्रा गरिरहेकी एक जना महिलाको ब्यागबाट गहना चोरी गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी थापाले बताए।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिइ अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया