घाँटी रेटेर विभत्स हत्या गरिएकाे अवस्थामा शिक्षकको शव फेला


दैलेख – दैलेखमा मंगलबार फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको हो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि थप विवरण भने दिइएको छैन ।

यसैबीच चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ माछेढुंगाकी एक महिलाले आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार माछेढुंगाकी ५९ वर्षकी जसू शाहीको घरदेखि करिब साढे १ मिलोमिटर टाढा पर्ने जंगलको काफलको रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

पाँच छोरा र तीन छोरीकी आमा समेत रहेकी ती महिला भदौ १७ गते बिहान १० बजेतिर घरबाट निस्केर सम्पर्क बिहिन भएकी थिइन् । निरन्तर खोजतलासको क्रममा मंगलबार बिहान मात्र उनको शव झुण्डिएको अबस्थामा फेला परेको हो । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ ।

प्रतिक्रिया