दुई बर्षदेखि माइतिघर पुगेकी छैनन् ‘चरी जेलैमा’गीतकी गायिका विष्णु माझी


काठमाडौं– नाम र स्वरले संसार पिटिरहे पनि भौतिक रुपमा ‘गुमनाम’ बनाइएकी गायिका विष्णु माझी दुई बर्षदेखि माइतिघर नपुगेको प्रहरीले पत्तो लगाएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले ‘चरी जेलैमा’ गीतकी गायिकाको खोजीनीति गरेपछि स्याङ्जा प्रशासनले प्रहरीलाई उनको माइतिघरमा बुझ्नका लागि पठाएको थियो। तर, दुई बर्षअघि स्याङ्जा प्रशासन पुगेकी गायिका माझी त्यसपछि जिल्ला नै टेकेकी छैनन्।

पति सुन्दरमणि अधिकारीले उनलाई नियन्त्रणमा राखेको चर्चा सतहमा छ। तर, बेलामौका उनका स्वरमा आउने गीतले विश्वभर रहेका नेपालीमाझ चर्चा पाउने गरेको छ।

चरी जेलैमा भन्ने बोलको गीत गायिका माझीको जीवनमा नै मेल खाने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि मानव अधिकार आयोगले उनको अवस्थाबारे खोजविन गरेको छ।

प्रतिक्रिया