दिक्तेल बजारमा रमेश र गंगाको प्रेमभाव


काठमाडौंइटहरी आर्ट एण्ड फाउण्डेसनद्वारा सञ्चालित इटहरी लोक दोहोरी समूहको प्रस्तुति पूर्वेली लोक दोहोरीमा रमेश प्रसाई र गंगा गौतम आचार्यबीच गीतमा घम्साघम्सी भएको छ । खोटाङ जिल्ला दिक्तेल बजारबोलको गीतमा रमेशले गंगाप्रति प्रेमका शब्दहरु व्यक्त गर्दै आफूतिर आकर्षित गर्न खोजेका छन् ।

गीतको सार्वजनिक भिडियोमा रमेश र गंगालाई उनका साथीहरुले स्वरमा साथ दिएका छन् । वाद्यवादनतर्फ उनीहरुलाई हार्मोनियममा प्रेमसागर निरौला, सारंगीमा रविन बराइली, बाँसुरीमा विनोद गहतराज, मादलमा दीपेन्द्र राई, सुशिल भारती छन् ।

भिडियोमा राजु श्रेष्ठ, देबेन्द्र चौधरी, सन्तोष कोइरालाको छायांकन र तुलसी घिमिरे समर्पणको सम्पादन छ ।

प्रतिक्रिया