फेरी विवाह गर्दै ब्रिटनी स्पेयर्स


काठमाडाैं – बेलायतकी लोकप्रीय गायिका ब्रिटनी स्पयेर्सले विवाह गर्ने भएकी छिन् । उनले आफ्नो ५ वर्षयताका केटासाथी साम अस्गरीसँग विवाह गर्न लागेकी हुन् । दुवैले विवाह पक्का गरेका छन् ।

एक अर्कालाई औंठी लगाइदिएका छन् । ब्रिटनी ३९ वर्षकी भइन् । अस्गरी मात्र २७ वर्षका छन् । दुवैबीच १४ वर्षको फरक छ । इरानको राजधानी तेहरानमा जन्मिएका अस्गरी १२ वर्ष हुँदा अमेरिका पुगेका थिए । उनी कलाकार हुन् ।

ब्रिटनीले भने दुईपटक विवाह गरी पारपाचुके गरिसकेकी छिन् । उनले सन् २००४ मा बाल्यकालका साथी जासोन अलेक्जेन्डरसँग विवाह गरेकी थिइन् । तर, यो जोडी लामो समय जम्न सकेनन् । पारपाचुकेपछि उनले केभिन फेडरलिनसँग विवाह गरिन् । दुवैबाट दुई बच्चाको जन्म भयो ।

प्रतिक्रिया