

तिजको नाच हेरेर फर्किनेक्रममा किशाेरी बलात्कृत, ३ जना पक्राउ

दाङ – १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।
ती किशोरी बुधबार साँझ तिजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

