मृत अवस्थामा छ जनाकाे शव फेला, १ काे सनाखत हुन बाँकी


काठमाडौं – काठमाडौं महानगरपालिका-३१ सुकुम्बासी बस्ती नजिक वागमती खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने नुवाकोट बेलकोट घर भएकी ४५ वर्षीया कमला तामाङ उनकै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देही, वुटवल उपमहानगरपालिका-५ हाटबजारभित्र बस्ने गुल्मी घर भएकी ५० वर्षीया धनु मगर आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-२ भद्रीखोला बस्ने ३८ वर्षीय शिव बहादुर कुमाल आफ्नै घरको माथिल्लो तलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, दमक नगरपालिका-७ स्थित खाली टहरोमा बस्दै आएका ४५ वर्षीय अमर कुमाल सोही टहरोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापा गाउँपालिका-५ सतार बस्ति घर भई सोही ठाउँस्थित सुन्दर लाल राजबंशीको खाली घरमा बस्दै आएका ५५ वर्षीय मञ्जु टुडु सोही घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया