

सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट (पूर्ण पाठसहित)

काठमाडौं – सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।
एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
त्यस्तै प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार पनि एमालेको अवरोधका बीच बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो ।
हेर्नुस् संसदमा पेश गरेको संशोधित बजेट:

