नेशनल बक्सअफिस तिज अवार्ड–२०७८ सम्पन्न, उत्कृष्ट गीत चरि जेलैमा, सम्पादनमा शक्तिलाई अवार्ड


काठमाडौ – नेशनल बक्स अफिस तिज अवार्ड २०७८ सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २०७७ र ७८ मा रेकर्डिङ  भई भिडियो निर्माण गरी सार्बजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल ४१ बिधामा अवार्ड वितरण गरेको छ।

चलचित्र बिकास बोर्ड चाबहिल काठमाडौमा हरितालिका तिजको दर खाने दिनको अवसर पारेर भव्यरूपमा सम्पन्न भएको नेशनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ मा बर्षको तिज नारी सम्मानमा बरिष्ट नायिका करिष्मा मानन्धर , दिपाश्री निरौला, पुरुष कलाकारतर्फ तिज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी बर्षको उत्कृष्ट तिज भिडियोको चरित्र अभिनेतामा बरिष्ट कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो।

अवार्डमा बर्षको सर्वउत्कृष्ट मोडलमा करिष्मा ढकाल  र रामजी खांडले  नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ चुम्न सफल भएका छन । त्यस्तै बर्षको उत्कृष्ट तिज गीत गायिकामा वरिष्ट गायिका सर्मिला गुरुङले पाउन सफल भएकी छन। बर्षको उत्कृष्ट तिज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोबिन्द राइले बाजी मार्न सफल भए भने उत्कृष्ट तिज गितमा चरी जेलैमाले पाउन सफल भएको छ ।

May be an image of 16 people, people standing and indoor

वरिष्ट गायिका ज्ञानु राणा, वरिष्ट नृत्य निर्देशक कमल राई, संगीतकार दिपक रमण र दिनेश पाख्रिन जुरी रहेको अवार्डमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र विशिष्ट अथिती  चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अवार्ड वितरण गरेका थिए।

नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ पाउने अन्य विधातर्फ उत्कृष्ट श्रृंगारमा  सीता मगर घर झगडा ४, उत्कृष्ट गीतकारमा डिपि दाहाल परिश्रमी यो तीजमा फिलिली नाचौला, उत्कृष्ट संगीतकारमा तिलक वली हङकङको साडी २, उत्कृष्ट रेकर्डिङ स्टुडियोमा दिनेश प्रकाश महरा क्लासिस् सिने स्टुडियो, उत्कृष्ट नव गायिकामा रिया घले बिर्सेको छैन वरी लै, उत्कृष्ट युगल गायक गायिकामा रोजि श्रेष्ठ माइतिमा दर, उत्कृष्ट नव मोडल पुरुष बिधामा विकास थापा मगर नाच्ने हो तिज म्युजिक भिडियोबाट अवार्ड पाउन सफल भएका छ्न।

त्यसैगरी उत्कृष्ट नव मोडल महिलामा इन्दु दनुवार तिज आयो, उत्कृष्ट छायाँकारमा विरेन्द्र भट्ट वाइस तले धरहरा, उत्कृष्ट सम्पादनमा  शक्ति प्रज्वल घिमिरे यस पालिको मंसीरैमा, उत्कृष्ट नव निर्देशकमा अर्जुन सिलवाल फरर फरर, उत्कृष्ट नृत्य निर्देशकमा अशोक विक हङकङको साडी २, उत्कृष्ट गायक पुरुषमा अर्जुन सापकोटा हरर हरर, उत्कृष्ट भिडियोमा  हङकङको सारी २,उत्कृष्ट गीतमा चरी जेलैमाले अवार्ड पाउन सफल भएका छन । त्यसैगरी म्युजिक भिडियोको पोस्टर तथा प्रचारप्रसार सामाग्री बिधामा नेपाल राष्ट्र बैकको नोट डिजाइन गर्ने पुरानो संस्था आइडल डिजाइन चुनिएको छ।

May be an image of 14 people and people standing

भव्यरूपमा सम्पन्न भएको अवार्ड कार्यक्रममा सहयोगी संस्था ग्लोबल एक्ट्रेस फ्रेडेसन विश्व कलाकार महासंघको आजिवन सदस्यबाट सम्मानित गरिएको उक्त अवार्ड कार्यक्रममा आजिवन सदस्यबाट सम्मान पाउनेमा पुराना कलाकार उदव भट्टराई, अभिनय दुनियाँमा छुट्टै पहिचान बनाएका अभिनेता कोशिस क्षेत्री, छांयाकार निरज कंडेल, मोडल अभिनेता धर्मेन्द्र आचार्य, निर्देशक राकेश मानन्धर, समाजसेवी जीवन चलाउन्ने, कलररिसष्ट रेनेश फागो ,नृत्य निर्देशक जनक कार्की, कलाकार अच्युत बजगार्इ, नेपाल भाषाको सुपरहिट नायिका शोभा महर्जन, निर्माता रबिन्द्र थपलिया, महिला संगीतकार रेखा पौडेल, पहिलो महिला रेस्लिङ तथा कलाकार भगवती खड्का, लोकगायक श्याम कुमार ठकुरी, समाजसेवी प्रेम बहादुर थापा, लोक गायक जीवन चौलागाईं, गायक सुरज पौडेल रहेका छ्न।

जुरितर्फ २२ जना तिज प्रतिभाहरुले  बक्स अफिस तिज म्युजिक  अवार्डमा आफुलाई सर्वउत्कृष्टको रुपमा अवार्डको वास्तविक अवार्डको हक जमाउन सफल भएका छन । अवार्डमा  देश बिदेशमा रेकर्डिङ तथा भिडियो भई सार्बजनिक भएका १४३ वटा तिज म्युजिक भिडियोको आवेदन परेको नेसनल बक्स अफिस तिज म्युजिक अवार्डमा विभिन्न बिधाका सर्जकहरुलाई आजिवन सदस्यबाट सम्मान र कदरपत्रबाट सम्मान गरिएको थियो।

त्यसै गरि कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा क्षेत्री, गीतकार सुन्दर श्रेष्ठ, विशिष्ट कलाकार सुभाष गजुरेल, नक्कली बाबुराम ज्योति काफ्ल्लेले संयुक्तरूपमा आजिवन सदस्यलाई सम्मान पत्र वितरण गरेका थिए । हालसम्म १३ सयभन्दा बढीले आजिवन सदस्यता प्रदान गरिसकेको संस्थाको अध्यक्ष आर के सुबेदीले बताए ।

त्यसैगरी अवार्ड भव्य बनाउन चर्चित मोडल तथा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन दुई दशकभन्दा पुरानो कलाकेन्द्र डाइमन्ड कलाकेन्द्र, आर्यन इन्टरटेन्टमेन्ट तथा युवा निर्देशक मिलन आले मगरले गरेका थिए।

ख्यातिप्राप्त हास्य कलाकार गोपाल ढकाल (छन्दे) र समीर लामाको कार्यक्रम सञ्चालन गरेको अवार्डमा चार दर्जन विशिष्ट व्यक्तित्वहरुलार्इ कदर पत्र तथा मायाको चिनोबाट सम्मानित गरियो थियो । फोटोग्राफी भने पत्रकार सिजि अधिकारीले गरेका थिए।

प्रतिक्रिया