विभिन्न स्थानमा गरी एकैदिन छ जना मृत अवस्थामा फेला


काठमाडौं – मुगु, खत्याड गाउँपालिका-७ स्थित मैरा सामुदायिक वनमा सोही ठाउँ बस्ने २८ वर्षीया भाबना डाँगर आइतबार मृत अस्थामा फेला परेकी छन् ।

तेह्रथुम, आठराई गाउँपालिका-६ चुहानडांडा दारिम्बोटेस्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेका ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, दुहबी नगरपालिका-१२ स्थित टेङग्रा खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय हरि देव उराउ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, रुपा गाउँपालिका-३ स्थित मादी खोला र खाल्डे खोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेको ४५ वर्षीय मानिस आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, सुनकोशी गाउँपालिका-२ मजुवाबगरस्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ईलाम, माङसेबुङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय मिलन बस्नेत सोही ठाउँस्थित छिमेकीको घर बाहिर आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया