

प्रचण्ड र माधव नेपालमाथि महेश बस्नेतको व्यंग्यः कुकुरलाई घ्यू पच्दैन

काठमाडौं– नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।
सोमबार राष्ट्रिय युवा संघ नेपालले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीको ठूलो छाति भएका कारण एकीकरण भएको बताउँदै भने,‘तर आफूपछिको नेता प्रचण्ड र माधव नेपाल हुन् भन्ने माने पनि नेपालीमा एउटा उखान छ नि, कुकुरलाई घ्यू पच्दैन, त्यस्तै भयो।’
प्रचण्ड र माधव नेपाल दुवैजना दाउ कता छ भनेर च्याँखे थाप्ने मान्छे रहेको भन्दै चर्चा त्यस्ताको नहुने दाबी गरे। उनले भने,‘प्रचण्डले स्थानीय चुनावमा कांग्रेसतिर च्याँखे थापेर छोरीलाई भरतपुरको महानगर प्रमुख बनाए, आम चुनावमा एमालेतिर दाउ छ भन्ने थाहा पाएपछि ४९ सिट ल्याए।’

