मिलन नेवारको आधुनिक गीत ‘छाडेर गयौं…’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं – मिलन नेवार ‘अमात्य’को आधुनिक गीत ‘छाडेर गयौं…’ सार्वजनिक भएको छ । अमात्यको स्वर रहेको गीतमा अनुप श्रीवास्तवको शब्द रहेको छ । यो गीतमा संगीत भने सरोज यादवको रहेको छ ।

म्यूजिक भिडियोमा कलाकार जानकी कुँवर र अर्मान आलमको अभिनय रहेको छ । सागर प्रधानले छायांकन गरेको म्यूजिक भिडियोको अनिल श्रेष्ठले निर्देशन गरेका छन् । यो म्यूजिक भिडियो प्रिन्सेस फिल्म प्रालिको आधिकारीक यूटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीत माया प्रेमको कथामा आधारित रहेको छ । प्रेमिले प्रेमिकालाई दिएको धोकाको विषयलाई गीतले समेटेको छ । यही च्यानलबाट ‘हे बरै।।’ नामक नयाँ तीज गीत सार्वजनिक हुने क्रममा रहेको छ ।

भिडियोः

https://youtu.be/2e_mK2xdcrY

प्रतिक्रिया