

गाई मारेको अभियोगमा एक पक्राउ

बझाङ – गौवध गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका-६ राजकोट बस्ने २८ वर्षीय जनक आग्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने बल बहादुर सार्कीको गोठबाट गाई लगि सोही गाउँपालिका-५ स्थित छात्रबास फलामे पुलमा लगि काठको चिर्पटले हिर्काई गौवध गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट पाटादेवल बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

