नलगाडबाट हतियारसहित ३ जना पक्राउ


जाजरकोट – जाजरकोटको नलगाड नगरपालिकाबाट १ हप्ताभित्र हतियारसहित ३ व्यक्ति पक्राउ परेका छन् । बिहीवार राति नलगाड–१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको तेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको प्रनाउ थापाले जानकारी दिए । १५ गोली समेत फेला पारेको प्रहरीको भनाइ छ ।

४ दिनअघि मात्र नलगाड–८ मैदे र कुसेनीबाट २ जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रिया