गूगल प्ले स्टोरमा पुनः देखियो जोकर भाइरस, यी एप आफ्नो फोनबाट तुरून्तै डिलिट गर्नुहोस्


काठमाडाैं – गूगल प्ले स्टोरमा जोकर भाइरस पुनः देखिएको छ । साइबर सुरक्षा कम्पनी जेडस्केलरले १६ एपमा जोकर मालवेयर देखिएको जानकारी बाहिर ल्याएको हो ।

यसअघि पनि पटक पटक गूगल प्ले स्टोरमा जोकर भाइरस देखिएको थियो । त्यसपछि गूगलले प्लेस्टोरमा उक्त भाइरस भएका एपलाई प्रतिबन्ध लगाउँदै आएको थियो ।

जोकर मालवेयरले प्रयोगकर्ताको डेटा चोरी गर्ने गर्छ । जोकर भाइरसले एसएमएस, कन्ट्याक्ट लिष्ट, डिभाइसको विवरण, ओटिपी जस्ता डेटा चोर्न सक्छ ।

जोकर भाइरस देखिएका १६ वटा एप गूगलले प्ले स्टोरले हटाएको छ । गूगलले प्ले स्टोरमा हटाएपनि तपाईको मोबाइल अझै इन्स्टल भएको हुनसक्छ । यदी तपाईको मोबाइलमा पनि जोकर भाइरस भएका यी एप इन्टस्टल छन् भने तुरून्तै डिलिट गर्नुहोस् ।

यस्ता छन् जोकर भाइरस देखिएका १६ एप

  • Private SMS
  • Hummingbird PDF Converter – Photo to PDF
  • Style Photo Collage
  • Talent Photo Editor – Blur focus
  • Paper Doc Scanner
  • All Good PDF Scanner
  • Care, Message
  • Part Message
  • Blue Scanner
  • Direct Messenger
  • One Sentence Translator-Multifunctional Translator
  • Mint Leaf Message-Your Private Message
  • Unique Keyboard – Fancy Fonts & Free Emoticons
  • Tangram App Lock
  • Desire Translate
  • Meticulous Scanner

प्रतिक्रिया