

राति अबेरसम्म निन्द्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनोस्

काठमाडाैं – धेरै मानिसहरु राति अबेरसम्म निन्द्रा नलाग्ने समस्याबाट ग्रसित बनेका छन् । राम्राे निद्रा नपर्नुका एउटा समस्या र त्यसकाे असरहरु जटिल हुँदै गइरहेका छन् भने कतिपय रोगको कारक पनि निद्रा बन्न सक्छ । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ ।
निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ । इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई पूरै रात निद्रा आउँदैन । बढी चिन्ता लिने, मनमा कुरा खेलाउने तथा एकाग्र हुन नसक्नेहरुमा अनिन्द्राको समस्या हुने गर्दछ ।
निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ । कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ । अनिद्राले चिढचिढाहट हुने, आँखाको तल्लो भागमा कालो घेरा देखिने, पेटसम्बन्धी समस्या हुने तथा दिर्घकालिन रुपमा उच्च रक्तचाप, मोटोपना, मधुमेह रोग समेत हुन सक्छ ।
निद्राले शरीर र मस्तिष्क दुबैलाई स्वस्थ एवम् चुस्त राख्दछ । खाना जतिकै निन्द्रा पनि शरिरको आवश्यकता हो । यसका लागि मानिस २४ घण्टाको अवधिमा न्युनतम ७/८ घण्टा निदाउन आवश्यक छ । अन्यथा निद्रा प्रभावित भएमा दैनिक काम कारबाहीदेखि स्वास्थ्यमा समेत असर पर्दछ । लगातार अनिन्द्रा भएमा चिकित्सकको परामर्श लिन अत्यन्त आवश्यक छ ।
तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउनोस्ः
तातो पानीले नुहाउने– थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा अघि तातोपानीले नुहाउदा राम्राे निद्रा लाग्छ ।
तेलको प्रयोग– पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ । यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ ।
तातो दूध र मह– प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पिउनाले राम्रो निद्रा लाग्छ।
हर्बल चिया– रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ । एजेन्सीकाे सहयाेगमा

