चरम आर्थिक संकट खेप्दै अफगानी, २ करोड २० लाख मानिस भोकै बस्न बाध्य


काबुल – तालिबानले शासन गरेको अफगानिस्तानमा बेरोजगारीको कारण उच्चदरमा आर्थिक संकट बढीरहेको छ । त्यहाँका नागरिकहरुले धेरै मुस्किलसँग जीवन गुजारा गरिरहेका छन् । टोलो न्युजको अनुुसार तालिबान अधिकारीहरुले देशमा भएका व्यक्तिहरुको आर्थिक र मानविय संकट कम गर्न अन्तराष्ट्र्रिय समुदायसँग आह्वान गरेका छन् ।

इस्लामित अमीरातको प्रवक्ताको अनुसार तालिबानले अन्तराष्ट्रिय समुदाय मध्येमा सबैभन्दा पहिलो पटक अमेरिकासँग आह्वान गरेको हो । अमेरिकाले पनि अफगान सरकार र नागरिकहरुको सम्पक्ति फिर्ता गर्न चाहेको छ ।

यो भन्दा पहिला पनि संयुक्त राष्ट्रसंघले एक रिपोर्ट तयार गरेको थियो । रिपोर्टमा अफगानिस्तानमा २ करोड २० लाख भन्दा धेरै मानिसहरु भोकै बस्न बाध्य भएको उल्लेख गरिएको थियो ।अफगानिस्तानका निवासीहरुले आफ्नो मुलभुत आवश्यकताको पुर्ति गर्न असर्मथ भईरहेको बताएका छन् ।

५ सदस्यको परिवारमा एकजनाले कमाएकोले बिरामी हुँदा औषधी किन्न पनि नपुगेको त्यहाँका नागरिकहरु बताउछन् । उनीहरुलाई आफ्ना साना बालबच्चाको हेरविचार गर्न पनि गाह्रो भएको छ । एजेन्सी

प्रतिक्रिया