बर्दिया कांग्रेस सभापतिमा अरुणसिंह राठौर निर्वाचित


बर्दिया – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बर्दियामा जिल्ला कार्यसमितिको सभापतिमा संस्थापनतर्फका अरुणसिंह राठौर निर्वाचित भएका छन् ।

५८ वर्षीय राठौरले ८ सय ७० मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी पौडेल पक्षका भुवनेश्वर चौधरी ६ सय ६८ मत प्राप्त गरेका छन् । निर्वाचित राठौर कांग्रेसको १० र ११ औं महाधिवेशनमा बर्दियाका सभापति भइसकेका थिए ।

एक महिला सदस्यबाहेक सबै प्यानलमा संस्थापन पक्ष निर्वाचित भएका छन् । महासमिति सदस्य २४ जना संस्थापन पक्षका निर्विरोध निर्वाचित भएका छन् ।

२ जना जिल्ला कार्यसमितिमा निर्वाचित भएको सहायक मतदान अधिकृत वीरबहादुर रोकायले बताए । उपसभापतिमा गोविन्दप्रसाद थारु ८ सय ६० र सोधे विष्ट ८ सय ५९मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जग्गाप्रसाद पाण्डे ८ सय २९ र मीनराज चौधरीले ८ सय ४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उपसचिवमा तिलक लम्साल ९ सय ५३ र मेघबहादुर गुरुङ ८ सय ९२ मत प्राप्त गरी विजयी भएको सहायक मतदान अधिकृत रोकायले जनाए ।

 

 

प्रतिक्रिया