अफगानिस्तानः बालिका विद्यालय जान पाउने, महिलाले आफ्नो इच्छा अनुसार विवाह गर्न पाउने


काबुल – तालिबान समूहले महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी गरेको छ । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा आलोचना भैरहेको बेला प्रतिबद्धता सहित निर्देशिका जारी गरेको हो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गर्दै महिलालाई स्वतन्त्रता दिएको बताएका छन् । निर्देशिकामा महिला तथा बालिकाहरु विद्यालय जान पाउने र विवाहका लागि पनि महिलामाथि कुनै दबाब दिन नपाइने उल्लेख छ ।

यस्तै महिलाले आफ्नो इच्छा अनुसार विवाह गर्न पाउने, कुनै व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि निर्देशिकामा उल्लेख छ ।

तालिबानहरु सत्तामा आएपछि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनेर विश्वव्यापी रुपमा आलोचना भैरहेको छ ।

प्रतिक्रिया